काठमाडौँ- उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्ने दिन सकिएको बताएका छन् । उनले मन्त्रालयमा सोमबार साँझ पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।
पैसाका लागि अवाञ्छित गतिविधि गर्ने, कानुन बनाएर भ्रटाचार गर्ने, मन्त्रालयलाई कब्जामा लिएर भ्रष्टाचार गर्ने जस्ता कार्यको अब अन्त्य हुने बताए । उनले भने– ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गएरसकिए भनेर बुझ्दा हुन्छ ।’