पछिल्लो २४ घण्टामा भएको १४ हजार ३५१ नमुना परीक्षणमा २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ८६ पीसीआर र ४ हजार ७ सय ६५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ।