काठमाडौँ- नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली-५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली-५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।