×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई मन्त्रीद्वारा शपथ

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई मन्त्रीद्वारा शपथ

काठमाडौं-  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो । उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनुभयो । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस्