×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘एमसीसी पारित गर्न साथ नदिएकाे भए पार्टी नै समाप्त हुने खतरा थियाे’ (पूर्णपाठ)

‘एमसीसी पारित गर्न साथ नदिएकाे भए पार्टी नै समाप्त हुने खतरा थियाे’ (पूर्णपाठ)

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए पार्टी नै समाप्त हुने खतरा बढेकाे बताएका छन् । बुधबारबाट शुरू भएकाे केन्द्रीय समिति बैठकमा पेश गरेकाे राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । 

एमसीसी पारित गर्न साथ नदिएकाे भए नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको अध्यक्ष नेपालकाे भनाइ छ । ‘यदि हामीले यसो नगरेको भए नेपाली कांग्रेस र एमाले मिलेर पाँचदलीय गठबधनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए,’ अध्यक्ष नेपालले भनेका छन् ।

प्रतिकृया दिनुहोस्