×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज कुकुर तिहार

आज कुकुर तिहार

काठमाडौं- कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुरतिहार। सोमबार कुकुरको पूजा गर्ने दिन । यो दिन कुकरको पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ । 

कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको धर्मशास्त्री डा. रामचन्द्र गौतम बताउँछन् ।

मालिकप्रति सधैँ बफादार रहने, खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता गुण कुकुरमा छन् । सुँघ्नसक्ने उच्च क्षमताका कारण सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुरकै प्रयोग हुँदै आएको छ । बहुगुणी भएका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री गौतमको भनाइ छ । 

प्रतिकृया दिनुहोस्