नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयले विश्वविद्यालय तथा यसको मातहतमा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई कुल शुल्कमा ३० प्रतिशत छुट दिन माग गरेको छ ।
विश्वविद्यालयका ने. वि. संघ अध्यक्ष दिनेश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ “कोभिडले गर्दा लाखौँ विद्यार्थीहरुको अभिभावकले पनि रोजगारी गुमाउनुपर्ने अवस्था सिर्जना भएकाले पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कलेजले लिने र विश्वविद्यालयले लिने शुल्क तिर्न गाह्रो भइरहेको अवस्थामा कम्तीमा पनि कुल शुल्कको ३० प्रतिशत रकम छुट गर्न र पोखरा विश्वविद्यालयसँग सम्बन्धन कलेजलाई पनि छुट गर्न लगाउन विश्वविद्यालयसँग जोडदार माग गर्दछौँ ।”
संघले उक्त विषयमा गम्भीर भई सात दिन भित्र प्रक्रिया थालनी गर्न विश्वविद्यालयसँग माग गरेको छ । प्रक्रिया थालनी नगरे विश्वविद्यालयले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने संघकाे चेतावनी रहेकाे छ ।