काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्।
नेता कोइरालाले फेसबुकमा एक टिप्पणी गर्दै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन्।
उनले लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ । हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अङ्कगणित मै अल्झिरहने ?’