काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण लगाएनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएका हुन् । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।