×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्लिम आयोगका अध्यक्षले भीआईपी कक्षबाट भगाएका ठगी मुद्दामा फरार आरोपी होटलबाट पक्राउ

मुस्लिम आयोगका अध्यक्षले भीआईपी कक्षबाट भगाएका ठगी मुद्दामा फरार आरोपी होटलबाट पक्राउ

काठमाडौं- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएका ठगी मुद्दामा फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

दुबईबाट काठमाडौं आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले शुक्रबार भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन्।

आलमलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको हो। आलम होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर बसेको प्रहरीले जनाएको छ।

 

 

रिजवानलाई विमास्थल सुरक्षा कार्यालयको पत्रको आधारमा पक्राउ गरेर बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईलाई बताए।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले शुक्रबार दुबईबाट आउने ५ जना डेलिगेट्सका लागि भीआईपी कक्ष प्रयोग गर्न गृह मन्त्रालयबाट अनुमति लिएका थिए। उनीहरूलाई रिसिभ गर्न विमानस्थल पुगेका अन्सारीले फरार आरोपी आलमलाई पनि माला र खादा लगाएर आफ्नै गाडीमा राखेर लिएर हिँडे।

५ जनालाई भीआइपी कक्ष प्रयोग गर्न अनुमति दिइए पनि ६ जनाको पासपोर्ट चेकजाँचका लागि अध्यागमनमा पठाइएको थियो।

पासपोर्ट चेकगर्दा रिजवान आलम कालोसूचीमा रहेको खुलेपछि अध्यागमनका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन्। आलमलाई प्रहरी वृत गौशालाको हिरासतमा राखेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७८ फागुन २७ मा आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको भेटिएको छ।

आलम पनि ५ जना दुबईका डेलिगेट्ससँगै दुबइबाट काठमाडौं आएका हुन्। फरार आरोपी सहितका पाहुना शुक्रबार बिहान दुईबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए।

प्रतिकृया दिनुहोस्