×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेल निर्माण प्रक्रिया चाँडो सक्न चीन सरकारसमक्ष प्रधानमन्त्री प्रचण्डकाे अपिल

रेल निर्माण प्रक्रिया चाँडो सक्न चीन सरकारसमक्ष प्रधानमन्त्री प्रचण्डकाे अपिल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ’, उनले भने, ‘म चीन सरकारसँग अपिल गर्न चाहान्छु, यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा अब पोखरा धेरै राष्ट्रसँग सिधै सम्पर्क गर्ने केन्द्र बनेको पनि बताए । यसले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने सुनिश्चित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणको स्मरण गर्दै चिनियाँ नेतृत्वसँग पहिलो पटक चीन जाँदा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग र महासचिव तथा राष्ट्रपति सी चिनफिङसँग पनि पोखरा विमानास्थल निर्माणबारे चर्चा गरेको बताए । पोखरा विमानस्थल चिनिनको सहुलियत ऋणमा निर्माण भएको परियोजना हो । 

प्रतिकृया दिनुहोस्