×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल प्रहरीमा २२१ पदमा जागिर खुल्यो (सुचनासहित)

नेपाल प्रहरीमा २२१ पदमा जागिर खुल्यो (सुचनासहित)

काठमाडौँ - नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो ।विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ ।

यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ । दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।

 

प्रतिकृया दिनुहोस्