×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रधानसेनापति शर्माको निर्देशन

निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रधानसेनापति शर्माको निर्देशन

काठमाडौँ-  प्रधानसेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिएका छन् । सैनिक मुख्यालयमा भएको दुई दिने ‘कमान्ड सेनापति समन्वयात्मक बैठक–२०७९’को शुक्रबार समापन कार्यक्रममा बोल्दै शर्माले चारै कमान्डका कमान्ड सेनापतिहरुलाई नेपाल सरकारबाट निर्वाचनका सम्बन्धमा प्राप्त हुन सक्ने जस्तोसुकै जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहन पनि निर्देशन दिएका हुन् । 

नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्माले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सुक्ष्म अध्ययन तथा विश्लेषण गरी सोहीअनुसार अन्य सुरक्षा निकायहरुसँगको सहकार्य र सुचना आदान–प्रदानलाई जोड दिँदै नेपाली सेनाले निर्वाचन गर्नु पर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन भनेका हुन् ।

प्रतिकृया दिनुहोस्