काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधान न्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउनुपरेको बताएका छन् । ‘जसले न्यालायको नेतृत्व गरेकाे छ, उसैमा नेतृत्वकला नभएपछि समग्र न्यायालय सुधारका लागि महाअभियाेग ल्याउनुपर्याे,’ काठमाडाैँमा आयाेजित एक कार्यक्रममा नेता सिंहले भने, ‘न्यायालय सुधारका लागि महाअभियाेग ल्याउनुपर्याे ।’
४ दलीय गठबन्धन निर्माण कांग्रेसकाे रहर नभइ परिस्थितिजन्य बाध्यता भएकाेसमेत नेता सिंहले बताए । ‘तत्कालीन सरकाले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई सही दिशामा ल्याउन गठबन्धन बनेकाे हाे,’ नेता सिंहले भने, ‘याे गठबन्धन चुनावसम्मै जानुपर्छ भन्ने हाम्राे छ । तर, यसमा फरक-फरक मत छ । यसमा टुङ्गाेमा चाँडै पुग्छाैँ ।’