×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा ९ केन्द्रीय मन्त्रीले दिए राजीनामा, अब कस्तो बन्दै मोदी क्याबिनेट ?

भारतमा ९ केन्द्रीय मन्त्रीले दिए राजीनामा, अब कस्तो बन्दै मोदी क्याबिनेट ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्याबिनेटका नौ जनामन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री मोदीले मन्त्रीमण्डल परिवर्तन गर्न लागेका हुन् । मोदीले मन्त्रिमण्डल परिवर्तन गर्न लागेसँगै नौजनाले राजीनामा दिइसकेका छद्द् । 

सामाजिक न्याय तथा आधिकारिकतामन्त्री थावरचन्द गहलोच, स्वास्थ्यमन्त्री डाक्टर हर्ष बर्धन, श्रममन्त्री सन्तोष गंगवार, शिक्षामन्त्री रमेश पोखरियाल, शिक्षा राज्यमन्त्री सञ्‍जय धोत्रे, महिला एव‌ं बाल कल्याणमन्त्री देबोश्री चौधरी, पर्यावरण, वन तथा जलवायु मन्त्री बाबुल सुप्रिया, केन्द्रीय रसायन तथा उर्वरकमन्त्री सदानन्द गौडा र मत्यस्पालन, पशुपालन तथा डेरीराज्यमन्त्री प्रताप सारंगीले राजीनामा दिइसकेका छन् ।

अन्य केही मन्त्रीहरुले पनि राजीनामा दिने तयारी गरेका छन् । मोदीले अचानक मन्त्री परिवर्तन गर्न लागेको प्रति भारतीय राष्ट्रिय कांग्रेसले आपत्ति जनाएको छ । मोदीले महामारी नियन्त्रण गर्न नसक्दा स्वास्थ्य मन्त्री र अन्य मन्त्रीहरुलाई बलिको बोका बनाउन लागेको भारतीय कांग्रेसका प्रवक्ता रणदीप सिंह सुर्जेवालाले आरोप लगाएका छन् । 

कस्तो बन्दैछ मोदी क्याबिनेट ? 

नयाँ मन्त्रीमण्डलमा भारतीय मोदीले वकिल, डाक्टर र इन्जिनियरलाई स्थान दिने भएका छन् । मोदीले विस्तार गर्ने मन्त्रिपरिषद्‍मा चार पूर्व मुख्यन्त्रीलाई स्थान दिइनुका साथै १३ जना वकिल, ६ जना डाक्टर र ५ जना इन्जिनियरले स्थान पाउने आजतकले जनाएको छ।

मोदीले नयाँ मन्त्रिपरिषद्‍मा युवालाई पनि प्राथमिकता दिनेछन्। नयाँ मन्त्रिपरिषद्‍का १४ जना सदस्य ५० वर्षभभन्दा मुनिका रहने आजतकले उल्लेख गरेको छ । मोदी मन्त्रिपरिषद्‍मा चार पूर्वमुख्यमन्त्रीका साथै  १८ पूर्व राज्यमन्त्री रहने छन् । जहाँ ३९ जना पूर्व सांसदले पनि स्थान पाउने छन्। यसमा २३ जना सांसद तीन–चार पटक चुनाव जितेर आएका रहेका छन् ।

मन्त्रिपरिषद्‍मा वकिल, डाक्टर इन्जिनियरका साथै ७ जना अनुभवी पूर्वसरकारी कर्मचारी रहने छन्। जसमा ४६ जनालाई लामो समयसम्म केन्द्रसरकारसँग काम गरेको अनुभव छ। त्यस्तै मन्त्रिपरिषद्‍मा ११ महिलालाई स्थान दिइने छ ।

मोदी मन्त्रिपरिषद्‍मा ५ जना अल्पसंख्यक मन्त्री रहने उल्लेख गरिएको छ। जसमा १ मुस्लिम, १ शिख, २ बौद्ध र १ इसाई रहने छन् ।

मोदी सरकारमा अन्य पिछडिएका क्षेत्रबाट २७ जना मन्त्री रहने छन् जसमा ५ जना क्याबिनेट मन्त्रीका रुपमा रहने छन्। बाँकी राज्यमन्त्री वा सहायक मन्त्रीका रुपमा रहनेछन्। ८ जान सूचीकृत जनजातिमध्ये ३ जनालाई मन्त्रिपरिषद्मा ल्याइने छ।

मन्त्रिपरिषद्‍मा १२ जना सूचिकृत जातिबाट रहने छन्। जसमध्ये २ जनालाई क्याबिनेट मन्त्रीमा ल्याइने छ । मोदीले नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपछि वर्तमान मन्त्रिपरिषद्का मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्