पोखरा- गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेले मंगलबार कार्यालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको घटना बाहिरिएको छ ।
नै हो । अलिकति गाली गरेपनि हातपात भन्छ नि । ठगेर खान नपाएपछि त्यै भएर आरोप लगाउने त हो नि’, उनले भने, ‘त्यस्तो ठगलाई मैले किन कुट्नुपर्यो ? चोरहरूलाई कुट्ने बानी छैन । त्यसलाई कारबाही गर्ने हो पछि । पिट्यो भने त मरिहाल्छ नि । त्यसलाई पुलिसले पिट्ने हो ।’
स्वरोजगारको कार्यक्रम कार्यविधि बनाउने विषयमा सम्झाएको उनले बताए । ‘स्वरोजगारको प्रोजेक्ट बेच्न लागेको थियो । बाहिर कुरा आइरहेको छ, कार्यविधिको डिजाइन गरेको छस् रे भनेर सम्झाएको हुँ । उसले आफ्नो मान्छेको हाल्ने लागेको थियो’, उनी भन्छन्, ‘धेरैको कुरा आइरहेको छ, यस्तो नगर भनेपछि गेम शुरू भयो ।’
आफू एक्लै भएकोले कर्मचारीहरू मिलेर अनावश्यक आरोप लगाएको मनाङेले बताए । ‘मन्त्री त एउटा हुन्छ, कर्मचारी ३०–४० जना छन् । यस्ता चोरहरू कहाँबाट लोकसेवा पास भए भनेर छक्क परेको छु’, उनले थपे, ‘गाली गरेको हो, आइन्दा यस्तो कुरा थाहा भयो भने राम्रो हुँदैन भनेँ । लोकसेवामा चोर्नु भनेर सिकाउँदैन भनेर सुझाएको हुँ ।’