×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेताहरू राजधानी केन्द्रित, पूर्ण बहादुर खड्का भने गाउँ दौडाहामा

नेताहरू राजधानी केन्द्रित, पूर्ण बहादुर खड्का भने गाउँ दौडाहामा

काठमाडौं- निर्वाचनको परिणाम पूर्ण रूपमा नआउदै शिर्ष नेताहरू काठमाडौं पुगिसकेका छन् । काठमाडौं पुगेर सत्ताको खेलमा छुट्ने डरले नेताहरू आफ्नो पक्षमा माहोल बनाउन निकै दौडधुप गरिरहेका छन् ।

नेपाली काङ्ग्रेसका उपसभापति भने गृह जिल्लामा ब्यस्त छन् । ऊनी गाउँ-गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । प्रायः सबै पार्टीका शिर्ष नेताहरू काठमाडौं पुगेपनी आखिर पूर्ण बहादुर खड्का भने सुर्खेतमा किन बसिरहेका छन् ? भन्ने प्रश्न बनेको छ ।

यसपटकको निर्वाचनमा प्रत्येक टोल र गाउँ पुगेर स्थानीय सङ खड्काले आफ्ना कुरा सुनाउने मात्र होईन स्थानीयमा पनि कुरा सुनेका थिए । उनले २०७४ सालमा चुनाव हार्नुको कारण पनि जनता सङ गहिरो ढङ्गले सम्बन्ध गास्न नसकेको कारण थियो भन्ने स्वीकार गरिसकेका छन् ।

२०४८ सालयता सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ लाई आफ्नो निर्वाचन क्षेत्र बनाउदै आएका छन् । काङ्ग्रेस उपसभापति खड्का २०४८ यता २०७४ सालबाहेक सबै संसदीय चुनाव जित्ने सीमित नेतामध्येमा पर्छन् ।

ऊनी २०६४ सालमा समानुपातिक उम्मेदवार थिए भने २०७४ सालमा एमालेका ध्रुव कुमार शाही सङ झण्डै ३ हजार बढी मतान्तरले प्राजित भएका थिए । यसपटक भने खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । जुन निकटतम प्रतिस्पर्धीभन्दा ११ हजार ६१९ मतान्तरले बढी हो ।

सन्त नेता कृष्ण प्रसाद भट्टराईका अनुयायीको रूपमा खड्का चिनिन्छन । कयौंपटक मन्त्री भएका खड्का कहिँकतै राज्यकोष दुरुपयोग गरेको आरोप नलाग्ने बिरलै नेतामा पर्छन् । ऊनी काङ्ग्रेसमा सादगी र सदाचारयुक्त नेताको रूपमा परिचीत छन् ।

खड्का सुर्खेतका विभिन्न गाउँ बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिन ब्यस्त छन् । ऊनी लोकतान्त्रिक मुल्य मान्यतालाई अझै उन्नत बनाउनुपर्छ, जनता सङ नजिकिँदै जाने कुराले लोकतान्त्रीकरणको अभियान तीब्र हुने मान्यता राख्छन् ।

खड्का निर्वाचन अभियानमा जनताको घरमा बास बस्ने, सामान्य भोजन गर्ने देखि युवाहरू सङ जोडिन टिकटकमा समेत अभिनय गर्दै मन जित्न सफल भए ।

संस्थागत निर्णय भन्दा बाहिर गएर राजनैतिक लाभ कहिल्यै लिन रुचि देखाउँदैनन । पार्टीमा सभापतिको नीति र नेतृत्वलाई स्थापित गर्न प्रमुख भूमिका निर्वाह गर्दै आएका खड्काले मन्त्री नहुने घोषणा गरिसकेका छन् । पार्टी भित्र दोस्रो तहको नेतालाई प्रधानमन्त्री बनाउने दबाब बढिरहेको छ जसले उपसभापति खड्कालाई प्रधानमन्त्री बन्न बाटो खुल्नसक्छ ।

उहाँमा धेरै रुपान्तरण आएको सुर्खेती जनताले महसुस गरेका छन्, जनता माझ शासक होईन मिलनसार र सादगी नेताको रूपमा प्रस्तुत हुनुहुन्छ ।

नेपाली राजनीतिलाई आन्तरिक तथा बाहिरी दुबै तवरले सन्तुलन मिलाउन सक्ने सदाचारयुक्त नेता खड्काको पक्षमा भोट माग्यौ, हाल्यौ र हाल्न लगायौ, अब उहाँले कस्तो व्यबहार र राजनैतिक कदम लिनुहुन्छ त्यसैले प्रधानमन्त्रीको बाटो तय गर्नेछ बनाउनेछ । युवा नेता किरणले थप्दै भने – पुर्ण बहादुर प्रधानमन्त्री हुँदा सबैभन्दा खुसी हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्