काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुर्याउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फुटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पु¥याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थालेका हुन् । हाल २१ वटा मन्त्रालय रहेका छन् ।
मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ । मन्त्रालयमा रहने मन्त्रीको तलब सेवा, सुविधा, सचिवालय, सल्लाहकार तथा अन्य कर्मचारीका लागि सो रकम खर्च हुने बताइएको छ ।
विगतमा बनेका प्रशासन सुुधारसम्बन्धी विभिन्न आयोग र समितिले मन्त्रालयको संख्या १५ भन्दा बढी बनाउन नहुने सुुझाव दिएका थिए । तर, विभिन्न समयमा बनेका विभिन्न सरकारले ती सबै सुझाव रद्दीको टोकरीमा मिल्काउँदै आइरहेका छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।