काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले बताए ।
पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । अन्य केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।
स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने छ । यस्तै आजको बैठकबाट पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत रहेका बताइएको छ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्ने नेताहरुले बताएका छन् ।