भरतपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर वाइपास रोडमा पल्टिएको ट्रिपरलाई सडकबाट हटाउने भएको छ । खानेपानी व्यवस्थापन बोर्ड अगाडी शनिबार राती ८ बजेतिर पल्टिएको क्लिंकर बोकेको ट्रिपरका धनी सम्पर्कमा आउन ढिलाई गरेपछि ट्राफिक र प्रहरी मिलेर हटाउन लागेका हुन् ।