×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

आज चियापान गर्दै काङ्ग्रेसको असन्तुष्ट पक्ष

आज चियापान गर्दै काङ्ग्रेसको असन्तुष्ट पक्ष

काठमाडौं - नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज चियापान कार्यक्रम गर्ने भएको छ। दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।
काठमाडौंको बत्तिसपुतलीमा आज बिहान ८:१५ मा चियापान गर्ने र भावी रणनीति तय गरिने नेताहरूले बताएका छन्।

चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए। तर यो धर्नामा कोइराला र थापा भने उपस्थित भएका थिएनन्।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायतले समान अवसर र न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन्। पार्टीले असोज ३ मा निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न पनि उनीहरूले माग गरेका छन्।

प्रतिकृया दिनुहोस्