पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार आठ सय २५ र एन्टिजेन विधिबाट हजार जना गरी ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा कोभिड १९ बाट थप ७५ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ५ हजार ९०४ रहेको छ । देशभर सोही अवधिमा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २ सय ११ जनको एन्टीजेन गरी २१ हजार ७ सय ७३ जनको परीक्षण गरिएको थियो ।