×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेलाई निर्वाचन आयुक्तको जवाफ- ‘आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ’

एमालेलाई निर्वाचन आयुक्तको जवाफ- ‘आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ’

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भनेका हुन् । 

मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’

एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो । त्यसको भोलिपल्ट थपलियाले भनेका छन्, ‘निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ संकल्पमा आइपुगेका छौँ ।’

प्रतिकृया दिनुहोस्