×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं - थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार ८ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यस कम्पनीले असार ५ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ । 

यसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको छ । अब बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सीडीएसका अनुसार बिहीबार ५ बजेसम्म ७ लाख ६५ हजार ६८४ जनाले ८५ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १३.९० गुणा बढी आवेदन हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 

प्रतिकृया दिनुहोस्