×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीनकुनेको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश

तीनकुनेको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश

काठमाडौं - काठमाडौंको तीनकुनेमा गएको शुक्रवार भएको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोड रुपैयाँको दाबी पेश भएको छ ।

राजावादीहरुको प्रदर्शनमा भएको हुलदङ्गा कारण ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बढीको बीमा दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा दाबी पेश भएको छ । राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा १ करोड १७ लाख ५० हजार रुपैयाँभन्दा बढीको दाबी पेश भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार, नेको इन्स्योरेन्समा ५२ लाख, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १६ लाख रुपैयाँको दाबी पेश भएको छ ।

सबै कम्पनीमा गरी कुल ४३ वटा दाबी पेश भएको हो । प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा, सम्पत्ति बीमा र विविधअन्तर्गत ४३ वटा दाबी पेश भएको छ ।

सबैभन्दा धेरै मोटर बीमा बापत २२ वटाको १ करोड २९ लाख रुपैयाँ दाबी पेश भएको छ । यस्तै सम्पत्ति बीमा तर्फ १६ वटाको ३ करोड ११ लाख रुपैयाँको दाबी पेश भएको बीमा प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्