नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियमकाे मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
बुधबार निगमले काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र)का लागि नयाँ खुद्रा मूल्य पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल/मटितेल प्रतिलिटिर १ सय ११/१ सय ११ कायम गरिएको छ ।
‘स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गर्दै जाँदा इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको मागलाई मध्यनगर गर्दै बुधबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मटितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय भएको छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल/मटितेल प्रतिलिटिर १ सय ११/१ सय ११ कायम गरिएको छ ।’