×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

एपमार्फत शारीरिक व्यायाम गर्दा यस्ता कुरामा ध्यान दिऔं :

एपमार्फत शारीरिक व्यायाम गर्दा यस्ता कुरामा ध्यान दिऔं :

एजेन्सी - कोरोना भाइरस महामारी सुरु भएपछि  अधिकांश मानिसले फिटनेस सेन्टर नगएर घरमै बसेर शारीरिक व्यायाम गर्न थाले ।
 यसको निरन्तरता अहिले पनि जारी छ । कोही मोबाइलमा फिटनेस एपको माध्यमबाट व्यायाम गरिरहेका छन् त कोही युट्युबमार्फत । भर्चुअल माध्यमबाट यसरी एक्सरसाइज गर्दा यसले दीर्घकालीन असर परिरहेको धेरैलाई पत्तो नै हुँदैन ।
 

अब जानौं घरमै एक्सरसाइज गर्दा ध्यान दिनुपर्ने कुरा :

  • मानिसको शारीरिक स्थितिअनुसार उनीहरूले गराउने व्यायाम पनि फरक हुन्छ । त्यसमाथि शारीरिक व्यायामसँगै क्यालोरी पनि मिलाउनुपर्ने हुन्छ । एपमा देखाइने एक्सरसाइज पछ्याउँदा शरीरको कोण पनि मिलाउनुपर्ने हुन्छ । व्यक्तिअनुसार शरीर पनि फरक हुने हुँदा एपमा पाइने टिप्स सबैलाई लागू हुँदैन ।
  • कतिपय टिप्स हेरेर मात्र सिको गर्न खोज्दा असर गर्न पनि सक्छ । यस्ता विषय नबुझी एपको फिटनेस अनुसरण गर्दा पछि गएर घुँडा, ढाड, जोर्नीको समस्या देखिने, हिपलाइनमा असर गर्ने, मासु तन्किनेजस्ता समस्या देखिने सम्भावना हुन्छ । त्यसमाथि हिजोआज ढाड दुख्ने, घुँडाको समस्या हुने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीले त झन् एपमार्फत एक्सरसाइज गर्नै हुँदैन ।
  • विशेषगरी, मोटोपना भएका अपरेसन गरेर बच्चा जन्माएका महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले, यस्ता एक्सरसाइज फिटनेस प्रशिक्षकविना गर्नु उपयुक्त हुँदैन ।
  • यसको अर्थ शारीरिक व्यायाम नै नगर्नु भन्न खोजिएकोचाहिँ होइन । पहिलादेखि नै प्रशिक्षकबाट सहयोग लिएर व्यायाम गर्दा हुन्छ । नजानेकाहरूले घरमै बसेर गर्न सकिने अन्य एक्सरसाइज पनि छन् । सामान्य योग, प्राणायाम, जोइन्ट एक्सरसाइज गर्न सकिन्छ । मोटोपना भएका र ब्याकबोनको समस्या भएकाले हिँडडुल गर्दा नै उचित हुन्छ । संगीतमा नृत्य गर्र्ने तथा छतमा हिँडडुल गर्नेजस्ता कार्य गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्