×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हर्क साम्पाङको प्रस्ताव- लोक सेवाको परीक्षा लाइभ गराैँ

हर्क साम्पाङको प्रस्ताव- लोक सेवाको परीक्षा लाइभ गराैँ

काठमाडौँ- काठमाडौँको सिको गर्दै पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ। 

पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा आवेदन दिन आग्रह गरेको छ ।

सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए बापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको महानगरले जानकारी दिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालका अनुसार सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैङ्क, वित्तीय संस्था, होटेल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेसागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको हो। 

सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ ।

पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ। 

यसअघि काठमाडौँ महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका तीन दर्जन बढी संघसंस्थासँग सम्झौता गरेर प्रयोगमा ल्याइसकेको छ। 

सम्झौता आगामी पाँच वर्षका लागि गरिएको हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्थापन सम्बन्धित संस्थाले नै गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्