×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मतदानपछि ओलीले भने : मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउँछ

मतदानपछि ओलीले भने : मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका ओलीले भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । ‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तर पनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् । तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु’, ओलीले भने । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।

उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए । ‘चितवनको घटनामा विप्लवको पार्टीका कुराहरु आएका छन् । यस्ता केही अप्रिय कुराहरु आए पनि आम रुपमा राम्रै भएको छ । अप्रिय भएका ठाउँमा दोहोर्याएर गर्नुपर्ने हुन्छ’, ओलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्