×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

छालामा छोएर नियन्त्रण गर्न सकिने प्रविधियुक्त एयरबड र स्मार्टवाच ल्याउँदै गुगल

छालामा छोएर नियन्त्रण गर्न सकिने प्रविधियुक्त एयरबड र स्मार्टवाच ल्याउँदै गुगल

एजेन्सी - प्रविधि कम्पनि गुगलले मान्छेको छालामा छोएर नियन्त्रण गर्न सकिने स्मार्टवाच र एयरबड निर्माण गर्ने भएको छ । स्मार्टवाच र एयरबडको बढ्दो प्रयोगका बीच कम्पनीले आफ्नो आगामी परियोजनाको रुपमा यसलाई अघि बढाएको हाे ।

यसका लागि कम्पनीले हालै प्याटेन्ट दर्ता गराएको छ, जुन हाल बजारमा उपलब्ध स्मार्टवाच र एयरबडको तुलनामा निकै फरक हुनेछ ।

अहिलेको अवस्थामा साउन्ड बढाउन/घटाउन, स्लाइड गर्न, गीत बजाउन र रोक्न एयरबड अथवा स्मार्टवाचको स्क्रिनमै क्लिक गर्नुपर्ने बाध्यता छ ।
तर, गुगलले भने स्क्रिनमा टच गरेर गर्नुपर्ने झन्झटलाई अन्त्य गर्दै स्मार्टवाच र एयरबडमा साउन्ड बढाउन/घटाउन आफ्नो छालामा छुँदा हुने बनाउने भएको छ ।

दर्ता गरिएको पेटेन्ट अनुसार मल्टिपल सेन्सर प्रयोग गरेर यो खालको प्रविधि निर्माण गरिएको हो । जसले नजिकै भएको मुभमेन्टलाई बुझेर काम गर्नेछ ।

यसका साथै यसमा मसिन लर्निङ प्रविधिको पनि प्रयोग गरिएको छ । गुगलले ल्याउने यो प्रविधि बजारमा कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

प्रतिकृया दिनुहोस्