काठमाडौं- सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
मृतकको परिवारलाई १०/१० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यस्तै कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च व्यहोर्नेसमेत निर्णय भएको उनले जानकारी दिए ।