×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोटेबहालबाट १२ जुवाडे पक्राउ

भोटेबहालबाट १२ जुवाडे पक्राउ

काठमाडौंको भोटेबहालबाट लाखौं नगदसहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौं बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौं शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुका साथबाट तीन लाख नगद, तीन लाख ७० हजार रुपैयाँ बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

 
 

प्रतिकृया दिनुहोस्