×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जन्मदर्ता गर्दा १० हजार घुस !

जन्मदर्ता गर्दा १० हजार घुस !

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी-५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट रु १० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केहीदिन पहिले पक्राउ गरेको थियो । जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ । आयोगले आरोपीलाई बिगोबमोजिमको कारबाहीको माग गरेको छ । रासस

 

प्रतिकृया दिनुहोस्