×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘आदिपुरुष’विरुद्धको रिटमा दिल्ली उच्च अदालतले तत्काल सुनुवाइ नगर्ने

‘आदिपुरुष’विरुद्धको रिटमा दिल्ली उच्च अदालतले तत्काल सुनुवाइ नगर्ने

 

काठमाडौं- दिल्ली उच्च अदालतले फिल्म ‘आदिपुरुष’माथि प्रतिबन्ध लगाउन माग गर्दै परेको रिटमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ । अदालतले यसको आगामी जुन ३० मा हुने जनाएको छ । यो रिट हिन्दू सेना संगठनका अध्यक्ष विष्णु गुप्ताले दायर गरेका हुन् । निवेदनमा हिन्दू समुदायको भावनामा चोट पुर्‍याउने उल्लेख गरिएको छ ।

न्यायाधीश तारा विताष्ट गञ्जुले निवेदकलाई फिल्म रिलिज भइसकेको अवस्थामा किन प्रतिबन्धको माग गर्दै हुनुहुन्छ भनेर सोधेकी थिइन् । निवेदकका तर्फबाट निर्देशक र निर्माताले ट्रेलर र टिजर रिलिजपछि विवादित भाग हटाउने वाचा गरेको तर त्यो पूरा नभएको बताइएको छ ।

नेपालले फिल्ममाथि प्रतिबन्ध लगाएकाले यसले भारतको अन्तर्राष्ट्रिय सम्बन्धमा असर गरिरहेको उनले बताए । बीबीसी हिन्दीका अनुसार हिन्दू सेनाले विवादित दृश्य हटाउन फिल्म निर्मातालाई निर्देशन दिन पनि अदालतसँग माग गरेको छ ।

जुन १६ मा रिलिज भएदेखि नै यो फिल्म विवादमा छ । केही हिन्दू संगठनले फिल्ममा हनुमानको संवादलगायत कैयौं दृश्यमाथि प्रश्न उठाएका छन् । तर विवाद चर्किएपछि फिल्मका संवाद लेख्ने मनोज मुन्तशिरले जनताको असन्तुष्टिलाई ध्यानमा राख्दै केही संवाद परिवर्तन गर्ने निर्णय गरेको बताएका छन् । तर परिवर्तन नभइसकेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्