×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज प्रदेश १ को पहिलो संसद् बैठक

आज प्रदेश १ को पहिलो संसद् बैठक

मोरङ- प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दै छ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्