×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रसाईको वी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

प्रसाईको वी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले दुर्गा प्रसाईको वी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्रमा सम्बन्धन दिन आदेश दिएको छ।

न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन आदेश दिएको हो।


निरीक्षण टोलीले औंल्याएका मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन र तोकिएका कार्यहरु पुरा गर्न लगाई १५ दिन भित्रमा यस वर्षको शैक्षिक शत्र सुरु हुनु अगावै एमवीवीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन बिहीबार सार्वजनिक भएको सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ ।

चिकित्सा क्षेत्र सुधारका बहानामा वर्षौदेखि ठूलो धनराशी लगानी गरी सम्बन्धनका लागि लागेको संस्थालाई निषेध गर्न नहुने आदेशमा उल्लेख छ । १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना गराउन सर्वोच्चले आदेश दिएको छ । २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो ।


मेडिकल व्यवसायी प्रसाईले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

प्रतिकृया दिनुहोस्