×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टोकियो ओलम्पिक : न्युजिल्याण्ड र मिस्किकोको बिजयी सुरुवात

टोकियो  ओलम्पिक : न्युजिल्याण्ड र मिस्किकोको बिजयी सुरुवात

काठमाडौं - टोकियो ओलम्पिकको पुरुष फूटबलमा मेक्सिको र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् ।

स्पेन भने इजिप्टसँग गोल रहित बराबरीमा रोकिएको छ ।

समुह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरमा पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा फ्रान्सले लय गुमाउन पुगेको थियो ।
४७ औं मिनेटमा इमेस्तो भेगाले मेक्सिकोका लागि खाता खोलेका थिए । ५५ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभा, ८० औं मिनेटमा कार्लोस आन्तुना र दोस्रो हाफको अतिरिक्त समयमा एदुआर्दो एग्युरेले मेक्सिकोका लागि गोल गरे । ६९ औं मिनेटमा एण्ड्री पिर्रे गिग्नाकले पेनाल्टी मार्फत फ्रान्सका लागि सान्त्वना गोल फर्काएका थिए ।

समुह बी को खेलमा न्युजिल्याण्डले दक्षिण कोरियामाथि १–० गोलको साँधुरो जित निकाल्यो । न्युजिल्याडलाई पहिलो खेलमा नै ३ अंक दिलाउन ७२ औं मिनेटमा क्रिस उडले एकमात्र गोल गरे । ६३ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि दक्षिण कोरियाले गोल भने फर्काउन सकेन ।

टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ । समुह सी को पहिलो खेलमा इजिप्टले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।
६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि स्पेन गोल गर्न भने असफल भएको थियो । स्पेनका करीब एक दर्जन प्रहारले पोष्टको दिशा लिन सकेन ।

प्रतिकृया दिनुहोस्