काठमाडौं - विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । विद्युतीय मेसिनमार्फत भएको मतदानमा आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै कडरिया अध्यक्षमा विजयी भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । त्यसैगरी, उपमहासचिवमा कमल जोशी र सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भएका छन् ।
चारजना सचिवतर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन्।
केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन्।
त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारीले बाजी मारेका छन्।
नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी हुँदा उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए।
कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो।
कुल १५५१ मतदाता रहेकोमा निर्वाचनमा १४५० मत खसेको थियो । अध्यक्ष पदका लागि कडरिया र अर्का उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको बताइएको छ ।