काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाकाे जारी मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाह अगाडि छन् । ३२ वडा रहेकाे काठमाडाैँमा हालसम्म ५ वटा वडाकाे मतगणना सम्पन्न भएकाे छ ।
अध्यावधिक पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन् । त्यस्तै, शाहलाई नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय २६ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै, अहिले ६ वटा वडाकाे गणना भइरहेकाे छ । गणना भइरहेका वडाहरूमा पनि बालेन शाह अगाडि देखिएका छन् ।
गणना सम्पन्न भएका सबै वडामा अग्रता हासिल गरेका बालेन अहिले गणना भइरहेका काठमाडाैँका ४, ६, ७, २९, ३०, ३१, ३२ वडामा अग्र स्थानमा रहेका छन् । अहिले गणना भइरहेकाे वडा नम्बर ४ मा कूल
७५५४ मत गनिएकाेमा बालेन ३१०७ मतसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार स्थापित उनीभन्दा झण्डै आधाले पछाडि रहेका छन् । वडामा उनले १५२६ मत प्राप्त गरी दाेस्राे स्थानमा रहेका छन् । कांग्रेसबाट उम्मेदवार सिर्जना सिंह ११६० मतका साथ तेस्राेमा रहेकी छन् ।
त्यस्तै, वडा नम्बर ६ मा पनि बालेन नै अगाडि देखिएका छन् । गनिएका ३८५१ मतमध्ये बालेनले १३६७, स्थापितले ७०९ तथा सिंहले ९३२ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ७ मा हालसम्म ३०० मत गणना भएकाेमा बालेनले १२६ तथा स्थापितले ४५ र सिंहले ६२ मत प्राप्त गरेका छन् ।
वडा नम्बर २९ मा १३४० मत गनिएकाेमा बालेनले ४४४ मत प्राप्त गरेका छन् । स्थापितले भने २७० मत ल्याएका छन् । सिंहले याे वडामा ३२१ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर ३० मा हालसम्म गणना भएका १६६६ मतमध्ये बालेनकाे ५९८ मत छ भने स्थापितकाे २३३ मत छ । सिंहले भने २८४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, वडा नम्बर ३१ मा ४७६७ मत गनिएकाेमा बालेनले १८१४ मत प्राप्त गरेका छन् भने स्थापितले ९९८ मत प्राप्त गरेका छन् । सिंहले भने ९९७ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर ३२ मा ७६१३ मत गणना भएकाेमा बालेनले ३४१२ मत हासिल गरेका छन् । स्थापितले १५८३ मत प्राप्त गरेका छन् । सिंहले भने १२३२ मत पाएकी छन् । मतगणना जारी छ ।