×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- भारतले पेट्रोलिय पदार्थको मूल्य बढाएर पठाएको छ । यसअघि ३ पटक मूल्य घटेर आएकोमा यो पटक भने मूल्य बढेर आएको हो । यद्यपि मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।

भारतीय आयल कर्पोरेसनले आयल निगमलाई आज (बिहीबार) पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १.३९ रुपैयाँ र डिजल प्रतिलिटर ६.१२ रुपैयाँले बढेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर १ अर्थात आजबाट लागू हुने गरेर नयाँ मूल्यसूची पठाएको हो ।

प्रतिकृया दिनुहोस्