×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

दुधकोशी र तमोरमा खतराको तह पार, कहाँ-कहाँ छ जोखिम ?

दुधकोशी र तमोरमा खतराको तह पार, कहाँ-कहाँ छ जोखिम ?

देशभर मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो ।

दिउँसो भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी खोलामा पानीको बहाव बढ्यो
वर्षाका कारण देशभर बाढी/पहिरोको जोखिम बढेको छ । दुधकोशी र तमोरमा नदीमा सतर्कता तह पार भएको छ भने अन्य नदी तथा खोलामा बहाव सतर्कता तह पार गरि खतरा तह सम्म पुग्न सक्ने पुर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार तमोर नदीको माझिटारस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । बहाव बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसोसम्मै सम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Image

नवलपरासीको अरुङग र आसपासको क्षेत्रमा पनि भारी वर्षा भइरहेकाले डुबानको सम्भावना छ । सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा विपद्को जोखिम भएकाले सतर्क हुन महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्