×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिकाले भन्यो : एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि छैन (हेर्नुहोस पूर्णपाठ)

अमेरिकाले भन्यो : एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि छैन (हेर्नुहोस पूर्णपाठ)

काठमाडौं - मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)ले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।
यसअघि सरकारले एमसिसीबारे उठेका विभिन्न सवालहरूमा प्रष्टीकरण माग्दै एमसिसीलाई पत्र पठाएको थियो। एमसिसीले सरकारले सोधेका एक-एक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुबै भाषामा पठाएको छ।

सरकारलाई पठाएको जवाफमा एमसिसी सम्झौता  नेपालको संविधान माथि नरहेको, एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिना अवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको छ।
एमसिसीको जवाफमा यो सहयोग हिन्द-प्रशान्त रणनीतिअन्तर्गत नभएको पनि उल्लेख गरिएको छ।

'एमसिसी कम्प्याक्ट हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन। एमसिसी कम्प्याक्टहरू एमसिसी र साझेदार सरकारबीचका सम्झौता हुन्। अमेरिका र नेपालबीचको सम्बन्ध हिन्द-प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो,' एमसिसीको जवाफमा भनिएको छ।

एमसिसीसँग सम्बन्धित ११ वटा प्रश्न र तिनका सहायक प्रश्नबारे स्पष्टीकरण सोधेर सरकारले गत साता एमसिसीलाई चिठी पठाएको थियो।

एमसिसीले पठाएको जवाफको पूर्णपाठ हेर्नुहोस 

https://drive.google.com/drive/u/0/my-drive

 

प्रतिकृया दिनुहोस्