×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र ‘चि मुसी चि’ आजबाट हलमा

चलचित्र ‘चि मुसी चि’ आजबाट हलमा

काठमाडौँ- आज शुक्रवारबाट देशभर चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । जाडो मौसम भएकोले अन्य चलचित्र प्रदर्शनमा नआउँदा यस चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो ।

अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको चलचित्र एमी स्टुडियोको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ । चलचित्रमा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो चलचित्रकी निर्माता हुन् ।

प्रतिकृया दिनुहोस्