×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस बैठक स्थगित

कांग्रेस बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(सोमबार)का लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकाे छ । हिजो (आइतबार) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकलले कोराेना भाइरसकाे संक्रमण बढ्दै गएकाले आजको बैठक स्थगित गर्ने निर्णण गरेकाे कांग्रेसका एक नेताले जानकारी दिएका छन् । अर्काे बैठक वैशाख १५ गते दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गर्ने निर्णय भएकाे नेताले जानकारी दिएका छन् । 

त्यसअघि सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिने उनले जानकारी दिएका छन् । हिजो बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका बारेमा छलफल गरिएको र क्रियाशील सदस्यताको काम पूरा गर्न निर्देशन दिने निर्णय भएको छ ।

तर समायोजनको विवाद देखिएका सात जिल्लाको विवाद भने आजको बैठकले पनि टुंग्याउन सकेन ।

प्रतिकृया दिनुहोस्