×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैनन् : प्रधानमन्त्री ओली

मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सात दशकयता विभिन्न क्षेत्रमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका हुन् । सामाजिक न्यायका सवालदेखि शिक्षा क्षेत्रमा भएका उपलब्धीलाई कसैले बिर्सन नहुने उनको भनाइ छ ।

त्यस्तै उनले आफूले मिर्गौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राखे । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकीर गरेका छन् । उनले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरुलाई आग्रह गरे ।

उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले विज्ञान‚ प्रविधिको प्रयोग नगरेसम्म मुलुकको विकास र समृद्धि पूरा नहुनेसमेत बताए ।

 
 

प्रतिकृया दिनुहोस्