×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप्ने निर्णय, हेर्नुहोस् के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप्ने निर्णय, हेर्नुहोस् के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं -  उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं,ललितपुरका र भक्तपुर जिल्लाका  प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।  अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने छ। 


वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्र.जि.अ. प्रेम प्रसाद भट्टराईले बताएका छन।  अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्र.जि.अ. भट्टराईले बताए । 
बैठकमा काठमाडौंका प्र.जि.अ. कालीप्रसाद पराजुली,ललितपुरका प्र.जि.अ. ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्र.जि.अ. प्रेम प्रसाद भट्टराई सहभागी थिए । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी-साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

 

प्रतिकृया दिनुहोस्