×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अभिनेता नानी 'दसरा' ले बक्स अफिस कति गर्यो

अभिनेता नानी 'दसरा' ले बक्स अफिस कति गर्यो

 काठमाडौं- दक्षिण भारतीय अभिनेता नानी र कृति सुरेशको फिल्म 'दसरा' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

भारतीय सञ्चार माध्यम एनडिटिभी इन्डियाका अनुसार फिल्मले ६ दिनमा १०० करोड भारू कमाएको छ। राम नवमीको अवसर पारेर फिल्म ३० मार्चमा प्रदर्शन गरिएको थियो। 

'दसरा' नानीको १०० करोड कमाउने पहिलो फिल्म हो। साथै यसै फिल्मबाट नानीले प्यान इन्डियाको फिल्ममा डेब्यू गरेका हुन्।

यो फिल्मले भारतसँगै अन्य देशमा पनि राम्रो कमाइ गरिरहेको छ। फिल्मले अमेरिकामा २० लाख डलर कमाएको छ।

फिल्मले राम्रो व्यापार गरेसँगै निर्माता सुधाकर चेरूकुरीले निर्देशक श्रीकान्त ओडेलालाई बिएमडब्लु कार उपहार दिएका छन्। निर्माता चेरूकुरीले निर्माण टिमको हरेक सदस्यलाई १० ग्रामको सुनको सिक्का पनि दिएका छन्।

दसरा करिब ६५ करोडमा बनेको फिल्म हो। फिल्ममा नानी र र्कीतिसँगै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ। 

यो फिल्म हिन्दी, कन्नड, मलयालम, तेलुगू, तमिल भाषा प्रदर्शन भइरहेको छ। 

प्रतिकृया दिनुहोस्