काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक ३७.१८ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.४६ प्रतिशतले घटेर २५०८.९० बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स ६.८५ अङ्कले घटेर ४७४.१३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा मात्र उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।
मगंलबार २ सय ३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको छ । यस दिन सिटिजन्स् म्युचल फण्ड २ को सेयर मूल्य ४.६५ प्रतिशतले मात्र बढेको छ ।