×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कानून व्यवसायीले अवरोध गर्न खोज्दा प्रहरीले रोक्यो

कानून व्यवसायीले अवरोध गर्न खोज्दा प्रहरीले रोक्यो

काठमाडौँ- सर्वोच्च अदालत परिसरमा प्रहरीले वकिलहरुमाथि बल प्रयोग गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बाटो छेक्न खोज्दा उनीहरूमाथि बल प्रयोग भएको हो । बल प्रयोगका क्रममा केही बेर प्रहरी र वकिलहरुबीच घम्साघम्सी परेको थियो ।

अहिले सर्वोच्च अदालत परिसरको स्थिति तनावपूर्ण बनेको छ । यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना वकिल घाइते भएका छन् । घाइतेहरु हुनेहरुमा प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत छन् ।

प्रतिकृया दिनुहोस्