काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ ।
९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा रहेकोमा इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जिताए ।
यसअघि सिटीका रियाज महरेज र आर्सनलका साकाले गोल गरेका थिए ।
आर्सनलका ग्याब्रियलले ५९ मिनेटमा रातोकार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित रहेको थियो ।
आजको जितसँगै सिटीको ५३ अङ्क भएको छ । दोस्रो स्थानको चेल्सीभन्दा सिटी ११ अङ्कले अघि रहेको छ ।
आर्सनल भने ३५ अङ्कसहित चौथो स्थानमा छ ।